फ्राइडे रिलिजि अन्तर्गत आजबाट चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ प्रदर्शनमा आएका छन् । सोमबार साँझबाट मल्टिप्लेक्सहरूले कुकिङ खुला गरेका यी दुई चलचित्र आजबाट प्रदर्शनमा आएका हुन् ।
देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा दुवै चलचित्रले राम्रो शो पाएका छन् । शुक्रबार बिहानसम्म क्यूएफएक्समा ‘छक्का पञ्जा–४’ले ६६ शो पाएको छ । जसमध्ये केही शोको बुकिङ फिलिङ फाष्टमा गएका छन् ।
बुकिङ खुलाउँदा मंगलबार यसले ५३ शो पाएको थियो । ‘छड्के–२’लाई ३८ शो दिइएको छ । मंगलबार बिहान यसलाई ३९ शो प्रदान गरिएको थियो । यो चलचित्रमा भने कुनै पनि हलमा कुनै पनि शोको बुकिङमा फिलिङ फास्ट देखिएको छैन ।
क्यूएफएक्समा ‘छक्का पञ्जा–४’ले ‘छड्के–२’भन्दा ३८ शो बढी पाएको छ । यी दुवै राम्रो सम्भावना बोकेका चलचित्र हुन् । ‘छक्का पञ्जा–४’लाई यो पटक हेमराज बिसीले निर्देशन गरेका छन् । ‘छड्के–२’ निगम श्रेष्ठ निर्देशित सिनेमा हो ।
‘छक्का पञ्जा–४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी लगायत कलाकार मुख्य भूमिकामा छन् । ‘छड्के–२’मा अनमोल केसी, रोविन तामाङ, कमलमणि नेपाल लगायत कलाकार मुख्य भूमिकामा छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं