सूचनाको शक्ति - The Power Of Information

        

बलिउडबाट किन बिदा हुँदैछन् अभिनेता आमिर खान ?

बलिउड अभिनेता आमिर खानको आफ्नै फ्यान छन् । उनको फिल्मञले आक्रामक व्यापार गर्दैन । तर, रफ्तार विस्तारै बढाउँछ । आमिरले फिल्ममा आफूलाई पात्रमै ढाल्ने गर्छन् । त्यसैले दर्शकका प्रिय छन्, आमिर ।

तर, उनलाई पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ पश्चात पर्दामा देख्न पाइएको छैन । कोरोना भाइरसको महामारीले गर्दा केहि ढिलाई भएको उनको फिल्म ‘लाल सिंह चड्डा’ केहि महिनापश्चात रिलिज हुँदैछ ।

यसैबीच उनले एक इभेन्टमा बोल्दै आफुले फिल्म छाड्न लागेको र सन्यास लिने बताएका छन् । ‘विगत दुई वर्षयता मैंले फिल्म छाड्ने निर्णय लिएर अन्य फिल्म गरेको छैन । मैंले यो कुरा परिवारसँग निकै हिम्मत जुटाएर भने’ आमिरले भने । आइडियाज अफ इन्डिया नामक इभेन्टमा बोल्दै उनले यो कुरा अहिले सार्वञजनिक रुपमा नभन्ने सोच रहेको सुनाए ।

‘मैंले अभिनयमा सन्यास लिँदैछुभन्दा मैंले मार्केटिङ गरे भन्ने लाग्न सक्छ,’ आमिरले भने, ‘त्यसैले म विस्तारै काम गर्न छाड्दै छु । नयाँ फिल्म गर्दै छैन ।’ उनले आउँदो समय आफ्नो परिवारञसँग बिताउने बताएका छन् । इभेन्टमा बोल्दै उनले आउँदो समयमा अभिनयसँगै निञर्माणमा समेत आफ्नो उपस्थिति नहुने बताएका छन् ।

उनले यो आफ्नो परिवारलाई सुनाउँदा आँखा रसाएको समेत सुनाए । ‘मैंले किरण सहित परिवारलाई सुनाउँदा आफ्नै आँखासमेत रसाए । मैंले मनबाटै फिल्म छाडिसकेको थिएँ । त्यहि निर्णय कन्भिन्स गर्ने तरिकाले परिवारलाई सुनाएँ । ‘उनीहरुले मसँग कुनै वादविवाद गरेनन्,’ आमिरले भने । उनले परिवारसँग आफूले समय बिताउन चाहेको बताएका थिए ।

उनी अब आफ्नो समय परिवार्रलाई दिन चाहन्थे । त्यहि कुरा सुनाए । यद्दपि पत्नी किरण रावले निर्णयमा फेरी सोच्न आग्रह गरिन् । किरणले म भित्रको फिल्मलाई चिनेकी छिन् । उनले मसँग रुँदै फिल्मसँग अलग नहुन आग्रह गरिन् । तर, म अब यो सब गर्न चाहँदिन थिएँ,’ उनले भने । आमिरले यो कुरा परिवारभन्दा बाहिर पनि भन्न चाहेका थिए ।

तर, फिल्म रिलिज हुने समयमा यस्तो घोषणा उपयुक्त हुँदैन भनेर रोकिए । उनलाई यो मार्केञटिङ पोलिसी नलाञगोस् भन्ने थियो । ‘म तपाईंहरूसँग मेरो समय बिताउन चाहन्छु । किरण र उनका आमाबाबु, रीना र उनका आमाबाबु, मेरा छोराछोरी, मेरो परिवार’ आमिरले परिवारलाई कन्भिन्स गरे । उनले आउँदो समयमा फिल्मसँग जोडिएको गतिविधि आफूले नगर्ने समेत बताएका छन् ।

उनले फिल्म छाड्ने निर्णय लिएपछि छोरी इरा खानसँग काम गरिरहेका छन् । आमिर र उनकी पत्नी किरण रावले गत असारमा सम्बन्ध विच्छेदको घोषणा गरेका थिए । किरण आमिरकी दोस्रो श्रीमती हुन् र उनीहरूका एक छोरा छन् । आमिरकी पूर्वपत्नी रिनाका तर्फबाट पनि छोरी इरा छिन् । ‘लालसिंह चड्डा रिलिजपछि अबको तीन–चार वर्षसम्म म केही गर्छु भनेर कसैले पत्तै पाउँदैनन् । त्यतिञ्जेल म यहाँबाट हराउने छु । अब आराम गर्ने समय हो,’ आमिरले भने ।

उनले आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ आफ्ना फेभरेट हिरो टम ह्यांक्सलाई देखाउने प्रयास समेत गरिरहेका छन् । यो फिल्म टमकै ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । द टर्मिनल, क्याप्टेन फिलिप, कास्ट अ वे लगायतका फिल्ममा अभिनय गरेका टपकै शैली आमिरले पछ्याञउने गरेका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १८:०२