सूचनाको शक्ति - The Power Of Information

        

‘महापुरुष’लाई कथा चोरेर बनाएको आरोप

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ हलमा दर्शक तानिरहेको छ । दर्शकले शतप्रतिशत राम्रो प्रतिक्रिया दिएको यो फिल्मले समीक्षकबाट भने मिश्रित प्रतिक्रिया बटुलिरहेको छ ।

दर्शकको राम्रो साथ पाएको यो फिल्मको कथा मलायालम फिल्म ‘इष्टम’बाट चोरिएको आरोप लागेको छ । सन् २००१ म प्रदर्शन भएको यो फिल्म एकल पुरुषको कथामा बनेको थियो ।

यस्तै कथामा सन २००८ मा भारतीय निर्देशक प्रियदर्शनले ‘मेरे बाप पहले आप’ नाममा फिल्म बनाएका थिए । यो फिल्म पनि कमेडी–ड्रामा जनरामा बनेको थियो ।

अक्षय अन्ना, जेनेलिया डिसुजा, परेश रावल, ओम पुरी, मनोज जोशी, अर्चना पुरन सिंह, शोबना र राजपाल यादव लगायतका कलाकारले अभिनय गरेको ‘मेरे बाप पहले आप’को कथा र महापुरुषको कथा एकै भएको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महापुरुष’मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ०९:५७