सूचनाको शक्ति - The Power Of Information

        

साताभरि बढ्यो शेयर बजार

काठमाडौं । लगातार पाँचौ दिन बढ्दै यो साता शेयर बजारले सुधारको संकेत देखाएको छ ।

साताको अन्तिम कारोबार दिन आज पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्सेको यो बृद्धि साताभर निरन्तरको पाँचौ दिन हो ।

आज १३.०३ अंकले बढेर नेप्से परिसूचक २७ सय ८२.१७ को बिन्दिुमा उक्लिदा कारोबार रकम भने ५ अर्ब ३९ करोड ५२ लाख खुम्चिएको छ ।

बिहीबार २२२ कम्पनीको ५२ लाख ३६ हजार ६१३ कित्ता सेयर दोस्रो बजारमा ५९ हजार १४० पटक खरिद बिक्री भएको थियो । आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको शेयर मूल्य घट्न पुग्यो भने तन कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

आज रिडी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनरका लगानीकर्ताले बजारबाट अधिक मात्रामा कमाए । यस्तै एनएमबि हाइब्रीड फण्ड एक र गुराँस लाईफ इनस्योरेन्स र सिटिजन्स म्युचुअल फण्ड दुईका लागानीकर्ताले दोस्रो बजारमा धेरै गमाए ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहमा हरियाली छाएको थियो भने ६ उपसमूह ओरोलो लागेकोथियो । बिहीबार माइक्रोफाइनान्स र जलबिद्युत उपसमूहमा उच्च बृद्धि देखिएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १८:४०