सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार ५ अंकले बढ्यो

काठमाडौं । शेयर बजार परिसूचक नेप्से ५.५१ अंकले बढेर बन्द भएको छ ।

सरकारले बिहीबार सार्वजनिक बिदा घोषणा गरेपछि यो साताको अन्तिम कारोबार दिन ३ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ८ समूहमा हरियाली छाएको थियो । बुधबार २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा ९१ कम्पनीको शेयर मूल्य बढ्यो भने ८७ कम्पनीको मूल्य घट्न पुग्यो । यस्तै १२ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

बुधबार मध्य भोटेकोशी र नेपाल बंगलादेश बैंकको शेयर मूल्यमा ९.प्रतिशत बढीले बढ्यो भने प्रिमियर इन्स्योरेन्स र राष्ट्रिय बिमा कम्पनीका शेयर धनीले बजारबाट ५ प्रतिशत भन्दा बढीले आम्दानी गरे । नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइन्यान्सका लागानीकर्ताले बजारबाट धेरै गुमाए ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १७:५५