सूचनाको शक्ति - The Power Of Information

        

‘कोभिड फ्री’ जिल्ला बने मुगु र मुस्ताङ

काठमाडौं । मुगु र मुस्ताङ ‘कोभिड फ्री’ जिल्ला बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कात्तिक ३ गतेको तथ्यांकमा यी दुई जिल्लामा कोभिड–१९ सक्रिय संक्रमितको संख्या शून्य देखिएको हो । यता, काठमाडौं उपत्यकाका तीनसहित कास्की भने संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा छन् ।

यी जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयको तथ्यांक छ । बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ छ । त्यसमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा दुई हजार ५४७ जना सक्रिय संक्रमित छन् । नेपालमा कोभिड–१९ संक्रमणका कारण कात्तिक ३ गतेसम्म ११ हजार ३१८ जनाको मृत्यु पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार १२:५७