बाँके । नेपालमा कोरोना भाइरसबाट थप १८ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार राति स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिार्फत जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगन्ज, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षण अनुसार धनुषा निवासी दुई जना पुरुषमा, खोटाङ हलेसी निवासी १ जना पुरुषमा, बाँके, नैनपुर निवासी १२ जना पुरुषहरु, दैलेख, आठविसकोट निवासी एकजना पुरुष, सुनसरी निवासी एकजना पुरुष, झापा निवासी एकजना पुरुष रहेका छन् ।
यसअघि सोमबार नै बाँकेमा एकैदिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको थियो । जसमा मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना नयाँ संक्रमित थपिएका थिए । उनीहरु सबै पुरुष थिए । नेपालका कोरोना संक्रमितहरुमध्ये दुई जनाको निधन भइसकेको छ भने ३६ जना निको भएर उपचारपछि घर फर्केका छन् ।
सत्यपाटी ।