काठमाडौं । शुक्रबारदेखि प्रदेश ५ पनि कोरोना संक्रमित बनेको छ । दुई जना संक्रमित थपिँदै दुवै प्रदेश ५ का पुरुष रहेका छन् । सबैभन्दा पहिले वाग्मती प्रदेशमा कोरोना संक्रमण देखिएको थियो भने त्यसपछि क्रमशः गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, २ नम्बर प्रदेश र १ नम्बर प्रदेशमा संक्रमण देखिएको हो । सबैभन्दा धेरै संक्रमण प्रदेश नम्बर १ मा देखिएको छ ।
प्रदेश १ को उदयपुरमा २८ जना, भोजपुरमा १ जना र झापामा २ जना गरी ३१ जना संक्रमित रहेका छन् । प्रदेश २ का पर्सामा ६ जना, बारामा २ जना, रौतहटमा ३ जना र सर्लाहीमा १ जना गरी १२ जना संक्रमित छन् । प्रदेश ३ को काठमाडौंमा ५ र चितवनमा २ गरी ७ जनामा संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा २ जना संक्रमित देखिएका हुन् ।
उनीहरु दुवै वाग्लुङका हुन् जो उपचारबाट ठीक भएर फर्किसकेका छन् । कञ्चनपुरमा १ र कैलालीमा ४ जना संक्रमित छन् । कूल ५९ जना संक्रमित हुँदा १६ जना ठीक भएर घर फर्किसकेका छन् । बाँकी विरामीको अवस्थामा पनि समान्य नै रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मुलुकको सबैभन्दा विकट भूगोल रहेको कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।
सत्यपाटी ।