राष्ट्रिय वाणिज्य बैङ्कले अनलाइन कर्जा आवेदन सेवाको शुरूआत गरेको छ । बैङ्कले शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा शुरूआत गरेको हो ।
राष्ट्रिय वाणिज्य बैङ्कका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्थाबारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैङ्कले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको बताए ।
‘बैङ्कको यस प्रयासमार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाइनेछ,’ उनले भने, ‘अनलाइन कर्जा आवेदनका लागि बैङ्कको आधिकारिक वेबसाइटमार्फत अनलाइन लोन एप्लिकेसनको लिङ्कमा क्लिक गरी आरबिबि स्मार्ट लेन्डिङ डिजिटल लोन पोर्टल आरबीबी एक्समार्ट लेन्डिङ डिजिटल लोन पोर्टलमा जानुपर्नेछ ।’ बैङ्कका अनुसार उक्त पोर्टलमा दर्ता हुन इमेल, युजरनेम र पासवर्ड राखी युजर रजिष्टेसनमार्फत दर्ता गर्नुपर्नेछ ।
सत्यपाटी