२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत १५ गते आइतबार

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको छ ।

सीआइबी प्रमुख एआइजी मनोज केसीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएकाले सोही आधारमा उनलाई पक्राउ गरिएको हो ।

खड्काको गिरफ्तारीलाई गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीसँग जोडेर हेरिएको छ ।

त्यस समयमा नेता खड्कासहित पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासबाट जलेका नोटका भग्नावशेष भेटिएका भिडियो तथा तस्वीरहरू सार्वजनिक भएका थिए ।

ती भग्नावशेषहरूको विधिविज्ञान प्रयोगशाला (फरेन्सिक ल्याब)मा परीक्षण गर्दा तथ्य पुष्टि भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसलाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान अघि बढाएको थियो ।

विभागले विस्तृत छानबिनका लागि सीआईबीमा फाइल पठाएपछि खड्कालाई हिरासतमा लिइएको हो । यस प्रकरणले उच्चपदस्थ नेताहरूको सम्पत्ति र स्रोतमाथि थप कानुनी प्रश्न उठाएको छ ।

प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार