२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

कस्तो बन्दैछ बालेनको क्याबिनेट ? यी हुन् १५ मन्त्री

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत १३ गते शुक्रबार

बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ । जसमा स्वर्णिम वाग्लेदेखि सुदन गुरुङसम्म रहेका छन् । प्रधानमन्त्री वालेन्द्र साह बालेनको मन्त्रीमण्डल आजै विस्तार हुने भएको छ ।

बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथग्रहण गर्ने भएका छन् । शपथग्रहण गरेपछि २ः१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।

त्यसअघि नेता साहलाई बिहान प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइएको थियो । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन भइरहेको हो ।

यस्तो छ सूची :

१. बालेन शाह – प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. शिशिर खनाल – परराष्ट्रमन्त्री
४. सुदन गुरुङ – गृहमन्त्री
५. प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री
६. गणेश पौडेल – पर्यटन मन्त्री
७. अमरेशकुमार सिंह – उद्योग मन्त्री
८. सुनिल लम्साल – भौतिक पूर्वाधार मन्त्री
९. गिता चौधरी – कृषिमन्त्री
१०. सस्मित पोखरेल – शिक्षा मन्त्री
११. निशा मेहता – स्वास्थ्य मन्त्री
१२. सीता वादी – महिला बालबालिका
१३. सोबिता गौतम – कानुन मन्त्री
१४. विराजभक्त श्रेष्ठ – ऊर्जा मन्त्री
१५. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री

प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार