आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल फाल्गुन ६ गते । बुधबार । इस्वी सन् २०२६ फेब्रुअरी १८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–प्रतिपदा, २७ घडी २ पला, बेलुकी ५ बजेर ३० मिनेट उप्रान्त द्वितीया । नक्षत्र–शतभिषा, ३८ घडी २७ पला, बेलुकी १० बजेर ४ मिनेट उप्रान्त पूर्वाभाद्रपदा ।
योग–शिब, ४२ घडी ४० पला, बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त सिद्ध । करण–बव, बेलुकी ५ बजेर ३० मिनेट उप्रान्त बालव, रातको ५ बजेर १० मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्र राशि–कुम्भ । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५५ मिनेट । दिनमान २८ घडी ७ पला ।
दिन विशेष : पञ्चक । ग्याल्पो ल्होसार ।
आजको बार बेला ।
- बिहान ६ बजेर ४१ मिनेटसम्म लाभ बेला ।
- बिहान ६ बजेर ४२ मिनेटदेखि बिहान ८ बजेर ५ मिनेटसम्म अमृत बेला ।
- बिहान ८ बजेर ६ मिनेटदेखि बिहान ९ बजेर ३० मिनेटसम्म काल बेला ।
- बिहान ९ बजेर ३१ मिनेटदेखि बिहान १० बजेर ५४ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर ५५ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म रोग बेला ।
- दिउँसो १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर ७ मिनेटसम्म चर बेला ।
- दिउँसो ३ बजेर ८ मिनेटदेखि बेलुकी ४ बजेर ३२ मिनेटसम्म लाभ बेला ।
- बेलुकी ४ बजेर ३३ मिनेटदेखि बेलुकी ७ बजेर ३२ मिनेटसम्म उद्वेग बेला ।
- नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल – मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म राहुकाल रहनेछ । राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त – बिहान ५ बजेर ५ मिनेटदेखि बिहान ५ बजेर ५३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व गर्दै विशेष जिम्मेवारी हातपार्न सकिनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अस्वस्थताले काममा खट्न समस्या पर्नेछ । कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् । तापनि सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ । लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ । प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य कमजोर रहनेछ भने चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ । गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ । तापनि मिहिनेत गर्दा केही काम बन्नेछन् । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । परिवारजनसँग भेटघाट हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम बन्नेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । फाइदाका लागि साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार समेत हातलागी हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नाम, दाम र इनाम प्राप्त हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । सहयोगीहरूको साथले काममा उत्साह प्राप्त हुनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ । तारिफयोग्य कामले प्रसिद्धि दिलाउनेछ । पेसा–व्यवसायमा मनग्य लाभ हुने समय छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिनुपर्ने हुन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा समयमै सावधान रहनुहोला ।
सत्यपाटी