राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र साह भोलि सुदूरपश्चिम प्रदेशतर्फ प्रस्थान गर्दैछन् । झापामा चुनावी मनोनयन दर्ता गरी केही दिन बिताएर हिजो काठमाडौं फर्किएका बालेनले त्यहाँको बसाईबाट उत्साहित भएको बताइएको छ ।
सुदूरपश्चिममा बालेनका निकटतम दुई व्यक्तिहरूले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम क्षेत्र नम्बर २ बाट र कोर टिमका सदस्य केपी खनालले कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । यी दुवै निर्वाचन क्षेत्रलाई प्राथमिकता दिँदै बालेनले सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावी प्रचार तथा कार्यक्रममा सहभागी हुने योजना बनाएका छन् ।
बालेनको सचिवालयका अनुसार, उनी नेपालगन्ज भएर सुदूरपश्चिम प्रवेश गर्ने र केही दिनसम्म त्यहाँ बसेर प्रचार अभियान सञ्चालन गर्नेछन् । त्यसपछि उनी काठमाडौं फर्किनेछन् र काठमाडौं तथा ललितपुरका केही निर्वाचन क्षेत्रमा पनि चुनावी अभियानमा सक्रिय सहभागी हुने कार्यक्रम रहेको छ ।
सत्यपाटी