२०८३ वैशाख १८ , शुक्रबार 2, May 2026, Saturday

कमजोर बन्दै मनसुनी वायु, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ७ गते मंगलबार

हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मधेस प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागका तथा बाँकी तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार