२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २६ गते सोमबार

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर छ । अस्ट्रेलियन डलर, पाउन्ड दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको छ । तर, युरोसहित केही मुद्राको मूल्य भने घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो । यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो ।

त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा थियो । त्यस्तै आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९२ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा थियो । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ २१ पैसा र बिक्रीदर ४६० रुपैयाँ १७ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ०१ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८४ पैसा छ । बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८३ पैसा थियो । यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.96 140.56
eur (European Euro)
1 162.91 163.61
gbp (UK Pound Sterling)
1 188.25 189.06
chf (Swiss Franc)
1 173.19 173.93
aud (Australian Dollar)
1 91.34 91.74
cad (Canadian Dollar)
1 101.73 102.17
sgd (Singapore Dollar)
1 108.88 109.35
jpy (Japanese Yen)
10 9.47 9.51
cny (Chinese Yuan)
1 19.48 19.57
sar (Saudi Arabian Riyal)
1 37.29 37.45
qar (Qatari Riyal)
1 38.40 38.56
thb (Thai Baht)
1 4.33 4.35
aed (UAE Dirham)
1 38.11 38.27
myr (Malaysian Ringgit)
1 33.01 33.15
krw (South Korean Won)
100 10.08 10.12
sek (Swedish Kroner)
1 14.61 14.67
dkk (Danish Kroner)
1 21.83 21.92
hkd (Hong Kong Dollar)
1 17.83 17.91
kwd (Kuwaity Dinar)
1 458.21 460.17
bhd (Bahrain Dinar)
1 371.25 372.84
omr (Omani Rial)
1 364.01 365.57
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार