तरकारी खेतीका लागि चर्चित रहेको बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसान मकै खेतीतर्फ आकर्षित भएका छन् । तरकारी खेती गर्दै आएका सो क्षेत्रका किसान पछिल्लो समयमा मकै खेतीतर्फ आकर्षित भएका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई तरकारी र मकै पकेट क्षेत्र बनाएसँगै यहाँका किसानले तरकारी खेतीसँगै मकै खेती पनि विस्तार गर्दै गएको डुडुवा गाउँपालिकाको कृषि शाखाले जनाएको छ । कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले डुडुवा गाउँपालिका–६ मा मात्रै २५० हेक्टरमा मकै खेती गरिएको बताए ।
उनले किसानले आलु खनेर बेमौसमी मकै लगाएको जनाउँदै त्यहाँ विभिन्न सिजनमा समेत मकै लगाउने गरेको जानकारी दिए । तरकारी खेती र मकै दुबैबाट राम्रो फाइदा हुन थालेपछि हिरमिनियाका अधिकांश किसान त्यसतर्फ आकर्षित भएको कृषि शाखा प्रमुख शर्माको भनाइ छ ।
डुडुवा गाउँपालिका–६ भङ्गोटनाका किसान जयपाल मौर्यले उत्पादन र आम्दानी दुबै राम्रो हुन थालेपछि ९० कठ्ठा जग्गामा आफूले मकै खेती गरेको जनाउँदै आलु खने लगत्तै बेमौसमी मकै लगाएको बताए । किसान मौर्यले मकैमा राम्रो आम्दानी हुने गरेको जनाउँदै एक कट्ठामा चार क्विन्टल मकै उत्पादन हुने गरेको बताए ।
उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई तरकारीसँगै मकै पकेट क्षेत्र पनि बनाएको बताए । बाँकेको अन्य ठाउँका खेतबारी बाँझो भए पनि हिरमिनियाका अधिकांश खेतबारीमा मकै र तरकारीले हरियाली छाएको वडा नं.६ का वडाध्यक्ष मोहनराम मिश्रले बताए ।
उनले कम जग्गा भएकाले तरकारी खेती गरी आफै बजारमा लगेर बिक्री गर्ने गरेको जनाउँदै आफूले समेत तरकारी र मकै दुबै खेती गरिरहेको बताए । वडाध्यक्ष मिश्रका अनुसार हिरमिनियाका किसानले मकै खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् ।
मकैलाई नगदे बालीका रूपमा लिएका हिरमिनियाका किसानले मकैखेती गर्न आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै आएका छन् । आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादनमा वृद्धि हुनुका साथै श्रम र लागतमा समेत कमी आएको हिरमिनियाका अर्का किसान रमेश मौर्यले बताए । सरकारले सिँचाइको व्यवस्था गरिदिए हिरमिनियामा झन राम्रो तरकारी र अन्य खेती गर्न सकिने अधिकांश किसानको धारणा छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके