२०८३ वैशाख ११ , शुक्रबार 24, April 2026, Friday

लमहीमा ‘जनतासँग माओवादी’ अभियान तीब्र

सत्यपाटीसत्यपाटी । दाङ । २०८० भदौ २५ गते सोमबार

नेकपा माओवादी केन्द्रले सञ्चालन गरिरहेको ‘जनतासँग माओवादी’ अभियानले दाङमा तीब्रता पाएको छ । देउखुरीस्थित लमही नगरपालिका अन्तरगतका सबै वडाहरुमा यो अभियान धमाधम चलिरहेको छ ।

पार्टी केन्द्रको नीति जनजनमा माओवादी, घरघरमा माओवादी अन्तरगत रहेर यो अभियानको थालनी गरिएको माओवादी केन्द्रका स्थानीय नेता कृष्ण घिमिरेले जानकारी दिए । अभियान अन्तरगत सोमबार लमही नगरपालिका वडा नं.३ को जखेरा टोलमा सोमबार ‘जनतासँग माओवादी’ अभियान सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र वडा नं.३ का उपाध्यक्ष रामसिंह खत्रीको अध्यक्षता एवं लमही नगरपालिकाका पार्टी अध्यक्ष दिलकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दलित मुक्ती मोर्चा दाङका उपाध्यक्ष ननसरा बिक, वाइसिएल लमहिका इन्चार्ज रविध्वज थापा, नगरकमिटी सदस्य कृष्ण घिमिरे, टोल कमिटी अध्यक्ष देवीप्रसाद चौधरी, प्रेस सेन्टर नेपाल दाङका जिल्ला सदस्य उमेश बन्जाडे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अभियानले पुनः देवप्रसाद चौधरीको संयोजकत्वमा ११ सदस्यीय टोल कमिटी गठन गरेको छ । साथै अभियानले युवा एवं महिला कमिटी पनि गठन गरेको छ । अभियानका क्रममा त्यस क्षेत्रका स्थानीय उपभोक्ताहरुले आफ्ना आधारभूत समस्या समाधान गर्न पार्टी नेतृत्वलाई पहल गरिदिन आग्रह गरेका थिए । सोमबार जखेरा टोलमा सम्पन्न अभियान वडाका सबै टोलमा क्रमशः सम्पन्न गरिने वडा सचिव यादव अधिकारीले जानकारी दिए । कार्यक्रमको सञ्चालन कुमाल मुक्ति मोर्चाका केन्द्रिय सचिव लिला कुमालले गरेकी थिइन् ।

प्रकाशित मिति : २०८० भदौ २५ गते सोमबार