२०८३ कात्तिक २५ , बुधबार 11, November 2026, Wednesday

ममता हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर, सजाय कति ?

अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । भर्जिनियाको प्रिन्स विलियम काउन्टीस्थित जुरीले सन् २०२४ मा भएको घटनामा नरेशलाई फस्र्ट डिग्री मर्डरमा दोषी पाएको हो ।

जुरीले उनलाई शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोगमा समेत दोषी ठहर गरेको छ । उनको सजाय निर्धारण आगामी मार्च १२ मा हुने तय भएको छ । अदालतमा बयान दिने क्रममा नरेशले घरमा पत्नी मृत अवस्थामा भेटिएको र आफूले डरका कारण शव टुक्रा पारेर फालेको स्वीकार गरेका थिए ।

तर, हत्या गरेको आरोप भने अस्वीकार गरेका थिए । ममताको शव अझै फेला परेको छैन । फैसलापछि सरकारी वकिलले शव नभेटिए पनि उपलब्ध प्रमाणका आधारमा न्याय स्थापित हुन सक्ने बताएका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक २५ गते बुधबार