२०८३ कात्तिक २३ , सोमबार 9, November 2026, Monday

लक्ष्मीपूजाको साँझ बिजुली पसलमा भीषण आगलागी

बाँकेको नेपालगन्ज बजारसँग जोडिएको जानकी गाउँपालिका वडा नम्बर ३ को कोरियनपुरस्थित दुई बिजुली पसलमा आइतबार साँझ भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार जय हनुमान ट्रेड एण्ड सप्लायर्स र लक्ष्मी बिजुली भण्डारमा आगलागी हुँदा कम्तीमा रु तीन करोड बराबको क्षति भएको अनुमान गरिएको छ ।

जेएस स्कुल नजिकै रहेको बिजुली पसलमा विद्युतीय अनियमितताका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चारवटा दमकल प्रयोग गरी करिब तीन घण्टामा आगो नियन्त्रणमा आएको प्रहरी उपरीक्षक राठौरले बताए ।

बिजुली पसलमा भएको क्षतिको पूर्ण विवरण अझै आएको छैन । स्थानीयवासीका अनुसार आगलागीबाट पसलमा रहेका विद्युतीय सामान नष्ट भएको छ । स्थानीयवासी लक्ष्मीपूजामा व्यस्त भएका बेला सो आगालागी भएको थियो ।

प्रकाशित मिति : २०८३ कात्तिक २३ गते सोमबार