२०८३ कात्तिक १२ , बुधबार 28, October 2026, Wednesday

एसआइपीमा लगानीको दीर्घकालीन सुरक्षा, सात वर्षमा ११ लाख आवद्ध

सात वर्षमा सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआइपी) मा १० लाख ८८ हजार ४४४ जना आवद्ध भएका छन् । एसआइपी योजनामा २०७६ सालदेखि २०८३ कार्तिक पहिलो सातासम्म १३ कम्पनीमा आवद्ध भएका हुन् । एसआइपी, साधारणयता एक लगानी योजना हो जहाँ कुनै पनि व्यक्तिले निश्चित रकम आफूलाई मन परेको म्युचुअल फन्ड योजनामा आवधिक रूपमा, साप्ताहिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा लगानी गर्न सक्छन् ।

एसआइपी योजनाले अनुशासित दृष्टिकोणबाट नियमित बचत गर्ने बानी सँगै वित्तीय बजारको सम्भावनालाई पनि सदुपयोग गर्छ । यो योजनामा तपाईँले आफ्नो सामथ्र्य अनुसार न्यूनतम लगानीबाट नै यात्रा सुरु गर्न सक्नुहुन्छ । एसआइपीले कम्पाउन्डिङ सिद्धान्तमा काम गर्छ । एसआइपीमा लगानी गर्नका लागि तपाइले यो सिद्धान्तका बारेमा बुझ्न जरुरी हुन्छ । जसले गर्दा तपाइलाई एसआइपी योजनामा लगानी गर्न सहज हुनसक्छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानका काउन्सिल सदस्य उमेशराज पाण्डेयका अनुसार एसआइपी योजनाले लगानीको जोखीमलाई न्यूनिकरण गर्ने विश्वास बढेकाले गर्दा पनि एसआईसी योजनातर्फ लगानीकर्ताको आर्कषण बढेको हो । म्युचुअल फन्ड योजनामा दैनिक तीनदेखि पाँच हजारसम्म आम्दानी गर्ने व्यक्तिले १५ देखि २० वर्षसम्म राम्रौ आम्दानी गर्ने सक्ने छन् । लगानीको योजना भएकाले थोरै रकम भएपनि मानिसले लगानी गर्ने सक्ने योजना रहेको उनले बताए ।

एसआइपी योजनाले गर्दा मानिसहरुमा बाध्यकारी बचत गर्ने बानि बसेको उनको भनाइ छ । नेपालमा सामान्यतया मासिक एक हजार रुपैयाँबाट पनि एसआईपी लगानी सुरु गर्न सकिन्छ । बजार मूल्य घटेको बेला धेरै र बढेको बेला थोरै इकाई खरिद हुने हुँदा लगानीको औसत लागत कम हुन्छ । दीर्घकालीन रूपमा लगानी गर्दा चक्रवृद्धि ब्याजको लाभ मिल्छ भन्ने योगफल धेरै पाइने हुँदा सर्वसाधारण लगानीकर्ताको एसआइपी आर्कषण देखिएको हो ।

सबै मानिसमा लगानी गर्ने सक्ने क्षमता नहुने भएकाले गर्दा सानो तिनो लगानी सुरक्षित हुने भएकाले एसआइसी योजनामा लगानीकर्ताको आर्कषण बढ्को हो । कर्मचारी सञ्जय कोषका पूर्व कर्मचारी किशोर आर्चायका अनुसार थोरै रकम लगानी गरेपनि लगानीकर्ताले सरक्षित महसुस गर्ने भएकाले एसआइसीमा मान्छेले लगानी गर्ने थालेको छ । नेपालमा एसआइपी योजना लागू गर्ने १३ कम्पनी मध्ये सबै भन्दा बढी निबल सहभागिता कोषमा लगानीकर्ताको सबै भन्दा बढी लगानीकर्ता रहेका छन् ।

निबल सहभागिता कोषमा हालसम्म एक लाख ७१ हजार ९३५ जना लगानीकर्ता रहेका छन् । यसैगरी, एनआइसी एशिया डायनामी सीडीबोटी कोषमा एक लाख १६ हजार चार जना, एनएमबी सरल बचत कोष–ईमा एक लाख ३० हजार २९९ जना, नबिल फलेक्सीक्याप फन्डमा ८१ हजार १३० जना, कुमारी सुनौलो लगानी योजनामा ४२ हजार २५४ जना, नबिल इन्भष्टेन्ट ३१ मा ६२ हजार ११ जना लगानीकर्ता आवद्धता रहेका छन् ।

यस्तै, सिद्धार्थ व्यवस्थित लगानी योजनामा ६१ हजार १० जना र शुभ लक्ष्मी कोषमा ६२ हजार ३४९ जना, नागरिक सदाबहार योजनामा ६३ हजार ८३५ जना, एनआईसी एशिया इविटोलिङ्कगरिएको लगानी योजनामा ८४ हजार ५४७ जना, सानिमा फलेक्सी क्याप फन्डमा ५२ हजार ७३४ जना, माछापुच्छे्र सिप योजनामा ५३ हजार ७१२ जना, गरिमा सुवर्ण योजनामा एक लाख ६६ हजार २४ जना लगानीकर्ता आवद्धता रहेका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बुधबार