२०८३ असोज ३० , शुक्रबार 16, October 2026, Friday

मधेश सरकारबाट किन बाहिरियो एमाले ?

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा एमालेबाट मन्त्री रहेकाहरूले आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएको छ । नेकपा एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएर सरकारबाट समर्थन समेत फिर्ता लिएको नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महत्वले जानकारी दिए ।

मधेश सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण मन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन् । मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन् । गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टी समेत रहेका छन् । नयाँ सरकारको कसरत गर्न नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएको छ ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार