नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गर्दै वार्षिक इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउने ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । कम्पनीले चार हजार ९९९ रुपैयाँमा एक वर्षसम्म ३० एमबीपीएस क्षमताको फाइबर इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको छ ।
‘बजेटमै फिट, स्पिडमा हिट’ नारासहित सार्वजनिक गरिएको अफरअन्तर्गत सेवा जडान गर्न चाहने ग्राहकले नेपाल टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै, ‘वाइफाइ ६ इन्डिभिजुअल प्याकेज’ अन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन सेवाका लागि १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँ तोकिएको छ ।
नेपाल टेलिकमका अनुसार नयाँ प्याकेज असोज आज ३० देखि लागू भएका छन् । यी सबै प्याकेजको समयावधि १२ महिना हुनेछ । कम्पनीले यस अफरमार्फत ग्राहकलाई तुलनात्मक रूपमा कम खर्चमा वर्षभरि इन्टरनेट सेवा प्रयोग गर्ने अवसर उपलब्ध गराउन खोजेको छ । अफरका विस्तृत सर्त तथा सेवा उपलब्धताबारे नेपाल टेलिकमको आधिकारिक वेबसाइट www.ntc.net.np बाट जानकारी लिन सकिनेछ ।

