२०८३ असोज २६ , सोमबार 12, October 2026, Monday

काँग्रेसको इतिहासमा पहिलो महिला महामन्त्री बनिन् डिला संग्रौला

नेपाली कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्रीका रूपमा डा.डिला संग्रौला निर्वाचित भएकी छन् । १५औं महाधिवेशनबाट संग्रौलाले तीन हजार ११८ मत प्राप्त गर्दै महिला क्लस्टरतर्फ महामन्त्रीमा विजयी भएकी हुन् ।

उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ ले दुई हजार ८६४ मत प्राप्त गरेकी छन् भने रीता खनालले ८०४ मत प्राप्त गरेकी छन् । कांग्रेसले यसपटक विधान संशोधन गरी महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार