२०८३ असोज २२ , बिहीबार 8, October 2026, Thursday

दसैंमा १५ लाख खर्चेर लिङ्गे पिङ बनाउँदै पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डले दसैंका अवसरमा लिङ्गे पिङ निर्माण गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । देशका विभिन्न स्थानमा १०० वटा पिङ निर्माण गर्न बोर्डले बजेट सहयोग गर्ने गरी चालु आवको बजेटमा व्यवस्था गरेको छ ।

यस वर्ष पर्यटन सम्पदा विकासतर्फ बोर्डले भारततर्फका विभिन्न नाकामा नमस्ते सेन्टर वा सोही प्रकृतिको सूचना केन्द्र स्थापना, व्यवस्थापन तथा सञ्चालनका लागि एक करोड २० लाख रुपैयाँ बजेट राखेको छ ।

संखुवासभा शिवाधारा पदमार्गको बेस क्याम्पदेखि हाई क्याम्प जोड्न सुरक्षित पदमार्ग बनाउन बजेट राखिएको छ । खप्तडमा पर्यटक घर उद्घाटन र सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ ।

बडीमालिकामा पर्यटकीय सेल्टर निर्माण र सञ्चालन गर्नसमेत बजेट विनियोजन गरिएको छ । बोर्डले सगरमाथा आरोहणको वैकल्पिक मार्ग विकासमा ३० लाख बजेट राखेको छ ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार