हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा
गम्केर बज खैँजडी, झम्केर नाच मजुरा…
जनकविकेशरी धर्मराज थापाका शब्द, लय र स्वरमा रेडियो नेपालबाट यिनै गीत गुञ्जन थालेपछि हिमाल र तेन्जिङबारे सारा नेपालीले थाहा पाए । त्यसपछिका दिनमा हिमाल आरोहण र शेर्पा जाति पर्याय जस्तै बन्न पुगेका छन् । उनीहरू कुशल पर्वतारोही हुन् । त्यसैले त विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा रहेका विश्व कीर्तिमान प्रायः शेर्पा जातिमै छ ।
शेर्पा जातिलाई पर्वतारोहणको अनिवार्य पथ प्रदर्शकका रूपमा लिइन्छ । अतः हिमाल आरोहणका लागि विश्वभर प्रख्यात छन्, शेर्पा जाति । सगरमाथाको सेरोफेरोका उच्च हिमाली क्षेत्रमा फैलिएका शेर्पा जाति हिमाली संस्कृति, सभ्यता, प्रकृति र परम्परासँग गाँसिएका छन् । इमानदार, परिश्रमी र अहिंसावादीका रूपमा शेर्पा जातिलाई चिनिन्छ ।
प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार
