२०८३ कात्तिक ७ , शुक्रबार 23, October 2026, Friday

गुड्दै गरेको ईभी हाइसमा आगो लाग्यो

गुड्दै गरेको ईभी हाइसमा अचानक आगलागी भएको छ । कोहलपुरदेखि कैलालीतर्फ गइरहेको अवस्थामा बर्दिया नगरपालिका–७ रम्तापुरस्थित ईभी हाइसमा आइतबार बिहान पौने ७ बजे आगलागी भएको हो ।

फोटोअनुसार कम्पनीको सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको ईभी हाइमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । उक्त इभी हाइस कैलाली धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए ।

ईभी हाइसमा चालक र सहचालक मात्र रहेकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । गुड्दै गरेको ईभी हाइसमा एक्कासि आगलागी हुँदा ईभी हाइसमा राखिएको कागजपत्र र नगद रु. ४२ हजार जली नष्ट भएको डीएसपी रेशम बोहराले जानकारी दिए । ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार