२०८३ कात्तिक ७ , शुक्रबार 23, October 2026, Friday

आमाको अन्तिम समय सम्झँदै भूपेशले ल्याए ‘मेरी आमा’

गायक भूपेश गिरीले आफ्नी दिवंगत आमा गोमा गिरीको सम्झनामा तयार पारेको गीत ’मेरी आमा’ सार्वजनिक गरेका छन् । वास्तविक जीवनमा भोगेको पीडादायी घटनाबाट प्रेरित गीतको म्युजिक भिडियोमा आमाको माया, बाल्यकालका सम्झना, अस्पतालको पीडा र आमालाई गुमाउँदाको क्षणलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ ।

आमाको स्वास्थ्य अवस्था गम्भीर हुँदै जाँदा चिकित्सकबाट प्राप्त निराशाजनक खबर, छोराको मनमा पलाएको आशा र अन्ततः आमालाई गुमाउनुपरेको पीडालाई भूपेशले शब्द, संगीत र दृश्यमा उतारेका छन् । गीतका शब्द, संगीत, स्वर र अभिनय भूपेश गिरीकै हो । भिडियोमा संगम राईले आमाको भूमिका निभाएकी छन् भने बाल कलाकार ब्रायन घिमिरेले बाल्यकालका भूपेशको भूमिका निर्वाह गरेका छन् ।

राजीव समरको निर्देशनमा बनेको भिडियोको छायांकन रक कौशल, सम्पादन तथा कलर राकेश दाहाल र पोस्ट प्रोडक्सन नोभिस आट्र्सको रहेको छ । रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सजन शाहले गरेका हुन् । ग्लोबल हायरको प्रस्तुति तथा कुसुम पाठक निर्मात्री रहेको यस म्युजिक भिडियोलाई ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

 

प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रबार