२०८३ कात्तिक ७ , शुक्रबार 23, October 2026, Friday

संविधान दिवसमा टेलिकमको अफर

नेपाल टेलिकमले संविधान दिवस २०८३ का अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ । अफरअन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुर्ई प्रकारका डाटा प्याकेज उपलब्ध हुनेछन् । अफरअन्तर्गत ४९९ रुपैयाँ (करसहित)मा अनलिमिटेड लाइट ४९९ प्याकेज प्राप्त गर्न सकिनेछ ।

उक्त प्याकेजमा ३० दिनसम्म दैनिक पाँच जिबी डाटा प्राप्त हुनेछ । पाँच जिबीको लिमिट पूरा भएपछि पनि बाँकी समय दुई एमबिपिएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि ६९९ (करसहित) अनलिमिटेड प्रो ६९९ प्याकेज रहेको छ ।

जसअन्तर्गत ३० दिनसम्म दैनिक १० जिबी डाटा प्राप्त हुनेछ । १० जिबीको लिमिट पूरा भएपछि पनि बाँकी समय तीन एमबिपिएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताको हकमा रेन्टल चार्जसमेत प्याकेजमा समावेश गरिएको छ । उक्त अफर असोज ४ गतेसम्म उपलब्ध हुने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रबार