२०८३ भदौ ३१ , बुधबार 16, September 2026, Wednesday

‘१२ गाउँ-२’ को गीतमा समीर र कृशुको नृत्य

चलचित्र ‘१२ गाउँ २’ को गीत ‘जुनेली’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा युग भुषालको शब्द तथा संगीत रहेको छ । सुगम पोखरेलको स्वर छ ।

गीतको भिडियोमा समीर भट्ट र डेब्यु अभिनेत्री कृशु शाही ‘काफिया’को नृत्य तथा ब्रेकडान्स छ । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्रको गीतमा सियोन श्रेष्ठको कोरियोग्राफी छ ।

चलचित्रको कथा सन्तोष सरकारले लेखेका छन् । छायांकन महेश पौडेलले गरेका छन् । सरस्वती भट्टको लगानी रहेको चलचित्र आगामी असोज ३० गते दसैँको फूलपातीको अवसर पारेर देशभर प्रदर्शन हुँदै छ ।

चलचित्रमा समीर र कृशुसहित निर्देशक बिराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्कीलगायतको अभिनय छ ।

प्रकाशित मिति : २०८३ भदौ ३० गते मंगलबार