२०८३ भदौ २३ , मंगलबार 8, September 2026, Tuesday

जेनजी शहीदका आमालाई खगेन्द्रले भने, ‘तिम्रो छोरो ढल्यो, यो देश उठ्यो’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका आमालाई सम्बोधन गरेका छन् । आन्दोलनका एक वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आमा तिमिलाई लागेको होला मेरो गर्भबाट जन्मिएको छोरो मर्यो । म एक्लो पर्यो । हैन आमा तिम्रो छोरो मरेको हैन, उ त यो देशमा यस्तो बिउ बनेर रोपिएको छ, त्यहीबाट नयाँ सुशासनको वृक्ष बनेर उम्रिएको छ ।’

सबै आमालाई सम्बोधन गर्दै उनले भने, ‘तिम्रो गर्भबाट सपुतले बास गरेको हो । तिम्रो गर्भमा नायकले बास गरेको हो । आफ्नो गर्भलाई धन्यवाद भन । म तिम्रो गर्भलाई यहाँबाट प्रणाम गर्न चाहन्छु । स्याबास आमा ! धन्यवाद आमा ! जसले सहिद जन्माउनुभयो । प्रत्येक आमाहरूको पाउ छोएर म प्रणाम गर्न चाहन्छु । तिम्रो छोरो ढल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो ।’ आफू आलो काँचो भए पनि कुहिएको नभएको बताउँदै उनले सुखले बाँच्ने दिन आउने उनले बताए ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार