अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै यो कठिन घडीमा नेपाल एक्लो नरहेको बताएका छन् ।
अस्ट्रेलियाली संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले बाढीका कारण अस्ट्रेलियाका ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको जानकारी दिएका छन् । उनले बेपत्ता नागरिकका परिवार तथा आफन्तप्रति सहानुभूति व्यक्त गर्दै उनीहरूको सकुशल उद्धारको आशा व्यक्त गरे ।
नेपालले सोमबार राष्ट्रिय शोक मनाइरहेका बेला प्रधानमन्त्री अल्बानिजले सामाजिक सञ्जालमार्फत समेत विपत्तिमा ज्यान गुमाउने तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
अल्बानिजले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका थिए । प्रधानमन्त्री अल्बानिजले अस्ट्रेलिया सरकारले अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती तथा भारतीय समुदायसँग निरन्तर समन्वय गरिरहेको पनि बताए ।
