२०८३ भदौ ७ , आइतबार 23, August 2026, Sunday

रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो ।

लामिछाने यही भदौको पहिलो साता चीन भ्रमणमा जाने तयारीमा थिए । यसअघि उनी भदौ ७ देखि १४ गतेसम्म (अगस्ट २३ देखि ३०) चीन जाने कार्यक्रम तय भएको बताइएको थियो ।

स्रोतका अनुसार चीनका राष्ट्रपति सी चिनफिङसँग भेट नहुने भएपछि भ्रमण स्थगित गरिएको हो । लामिछाने पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाने तयारी थिए । रास्वपाका एक नेताका अनुसार भ्रमण तत्कालका लागि स्थगित भएको हो ।

संघीय संसदका पाँच सांसद तथा कर्मचारीको टोली भने चीन भ्रमणमा जानेछ । बेइजिङमा आयोजना हुने विकासशील देशका सांसदहरूको आठौँ सेमिनारमा सहभागी हुन टोली भदौ ८ गते चीन जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार