२०८३ भदौ ७ , आइतबार 23, August 2026, Sunday

अण्डाको मूल्य हालसम्मकै उच्च

बजारमा उत्पादन घट्दै जाँदा अण्डाको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार बर्डफ्लु, गर्मी र उत्पादन लागत वृद्धिका कारण देशभर करिब १३ लाख लेयर्स कुखुरा नष्ट भएपछि अण्डाको मूल्य आकाशिएको हो ।

संघका सचिव मदन पोखरेलका अनुसार गत साउन ६ गतेको तुलनामा एक महिनामै अण्डाको भाउ प्रतिक्रेट ७५ रुपैयाँसम्मले बढेको छ । हाल एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो अण्डाको ५७५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी मिडियम अण्डाको ५२० रुपैयाँ र सानो अण्डाको मूल्य ४४८ रुपैयाँ पुगेको संघका सचिव मदन पोखरेलले जानकारी दिए । यसअघि अण्डाको भाउ प्रतिक्रेट ५७० रुपैयाँभन्दा माथि गएको थिएन । पहिले दैनिक २८ हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर २२ हजार कार्टुनमा सीमित भएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार