सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय विस्तार गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी पार्टी केन्द्रीय समितिको बैठकले ११ जनालाई मनोनीत गर्दै सचिवालय विस्तार गरिएको पार्टी केन्द्रीय सदस्य मनिष झाले जानकारी दिएका हुन् ।
उनका अनुसार पार्टी बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनीत गरेको हो ।
उनले पार्टी प्रवक्ताको जिम्मेवारी पूर्वसूचना तथा सञ्चारमन्त्री तथा सांसद जगदीश खरेललाई दिइएको समेत जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय सचिवालयमा ११ जनाको नाम अनुमोदन भएको छ ।’
बैठकले शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कबिन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनीत गरेको छ ।
‘मैले पार्टी प्रवक्ताको जिम्मेवारी पहिले नै त्यागिसकेको थिएँ । आज तपाईंहरुले पार्टीको नयाँ प्रवक्ता पाउनुभएको छ । उहाँ हुनुहुन्छ पूर्वसञ्चारमन्त्री तथा सांसद जगदीश खरेल ज्यू,’ झाले भने । उनका अनुसार बैठकले थप नौ जना केन्द्रीय सदस्य समेत मनोनीत गरेको छ ।
