२०८३ साउन ३१ , आइतबार 16, August 2026, Sunday

निर्वाण र कुशको ‘लाली’मा इभाको बोल्ड अवतार

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ साउन ३१ गते आइतबार

क्यानडामा बसेर नेपाली संगीतमा सक्रिय एनभी निर्वाण र कुशको नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक भएको छ । ‘रियाज म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो दर्शकमाझ ल्याइएको हो ।

यसअघि ‘चिसो चिसो पानी’ र ‘दिनँ’ जस्ता चर्चित ट्र्याकमा सहकार्य गरिसकेका निर्वाण र कुशले यसपटक भने डान्स र पार्टी फ्लेभरको गीत ‘लाली’ पस्किएका हुन् । गीतमा प्रेम, युवापुस्ताको आकर्षण र ‘नाइटलाइफ’लाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।

क्याची कोरस र ऊर्जावान् बीट रहेको यस ट्र्याकमा निर्वाण र कुशकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । गीतमा गायिका सेरेनले स्वरमा साथ दिएकी छन् भने संगीत संयोजन (बीट प्रोडक्सन) Lay Zy ले गरेका हुन् ।

‘निर्वाण रेकड्र्स टोरोन्टो’मा तयार पारिएको यस ट्र्याकमा निर्वाणको मेलोडिक हिपहप र कुशको इनर्जेटिक र्‍याप शैलीको सुन्दर मिश्रण सुन्न सकिन्छ । हरि हुमागाईंको निर्देशनमा तयार पारिएको भिडियोमा जेस्टीको कोरियोग्राफी तथा मोडल इभा गिरीको अभिनय देख्न सकिन्छ ।

भिडियोको छायांकन (डीओपी) र भिजुअल सम्पादन स्वयं निर्देशक हुमागाईंले गरेका हुन् भने उत्तम हुमागाईंले सिनेमाटोग्राफी सम्हालेका छन् । प्रबिन मानन्धरले भिडियोको कलरिङ र सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

सात समुद्रपारि रहेर पनि नेपाली हिपहप संगीतलाई निरन्तरता दिइरहेका निर्वाण र कुशको यो प्रयासलाई प्रवासबाटै नेपाली सुगम संगीत र र्‍याप विधामा गरिएको नयाँ प्रयोगका रूपमा हेरिएको छ । डिजिटल प्लेटफर्म तथा टिकटक तथा रिल्सलाई लक्षित गरी तयार पारिएको यो गीतले युवापुस्ताको मन जित्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार