गोरुले तानेर चल्ने गाडीका रुपमा चिनिने गोरु गाडामा पराल ओसार्दै किसान । गाडा र लडियाका रुपमा प्रचलित गोरु वा राँगाले तान्ने यो मौलिक साधन कृषि प्रयोजनका लागि उपयोगी मानिन्छ । पछिल्लो समयमा काठको चक्काको साटो टायरको चक्का राख्न थालिएपछि यसको नाम डनलपमा परिणत भएको छ । तराईतिरका किसानहरुका लागि कुनै समय चलन चल्तीको साधनका रुपमा रहेको गोरु गाडा । आधुनिकता र काम गर्ने मान्छेको अभावमा लोप हुँदै गएको छ । तस्वीर : काशीराम शर्मा
प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रबार
सत्यपाटी