स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो तोलामा चार हजार २०० ले बढेको सुनको भाउ आज झन् आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला आठ हजार रुपैयाँ वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ ।
हिजो सुनको सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार थियो । हिजो र आज दुई दिनमा सुनको भाउ १२ हजार २०० रुपैयाँ बढेको हो । चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर चार हजार ५७० पुगेको छ । हिजो चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भएको थियो ।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँ बढेर तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँ घटेको थियो ।
चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो । गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो । चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।
सत्यपाटी