२०८३ साउन १२ , मंगलबार 29, July 2026, Wednesday

ओली-प्रचण्डको सत्ता सहमतिले एमाले र नेकपाभित्रै असन्तुष्टि

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ साउन ११ गते सोमबार

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको तीनबुँदे सत्ता सहमतिप्रति दुवै दलभित्र असन्तुष्टि बढेको छ । विगतका कमजोरीको समीक्षा नगरी सत्ता भागबण्डामै केन्द्रित सहमति गरिएको भन्दै नेताहरूले आलोचना गरेका छन् ।

नेकपाका सहसंयोजक माधवकुमार नेपाल नीतिगत सहमति र वाम एकताको स्पष्ट रोडम्यापबिनै हतारमा सम्झौता गरिएको भन्दै असन्तुष्ट देखिएका छन् । नेपालनिकट नेताहरूबीच पनि सहमतिलाई लिएर मतभेद देखिएको छ ।

उता एमालेभित्र पनि पार्टी रूपान्तरण र नेतृत्व हस्तान्तरणको पक्षमा रहेका नेताहरूले सहमतिमाथि प्रश्न उठाएका छन् । उनीहरूले सत्ता साझेदारीभन्दा अघि पार्टी सुधार र विगतको समीक्षा आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार