आर्थिक वर्ष २०८२–०८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले झन्डै ३३ अर्बको भुक्तानी दिएको छ । सरकारी भुक्तानीको लागि प्रयोग हुने सूत्र प्रणाली बन्द हुनुअघि असार २५ गते कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी भएको छ ।
यसमध्ये चालू बजेट खर्च अन्तर्गत १२ अर्ब ४२ करोड ५ लाख, पुँजीगत खर्च अन्तर्गत १८ अर्ब ३९ करोड सात लाख र वित्तीय व्यवस्था अन्तर्गत दुई अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रबार
सत्यपाटी