२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

बुकी फूल र ढोरपाटनमा चर्दै गरेको घोडा

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८३ असार १५ गते सोमबार

ढोरपाटनको चर्चा अहिले मनसुनी पदयात्रामा मात्र सीमित छैन । दशकौँदेखि सिकार पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा परिचित यो हिमाली उपत्यका प्रकृति, पदयात्रा, जैविक विविधतासँग जोडिएको छ । यो तस्वीर बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा फुलेको बुकी फूल र उपत्यकामा चर्दै गरेको घोडाको हो । पछिल्लो समय ढोरपाटन लगायत आसपासको मनरम दृश्य अवलोकन गर्न र यहाँ फुलेको बुकी फूल हेर्न पर्यटकको आकर्षण बढ्दो छ । तस्वीर : खेमराज गौतम । रासस

प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार