२०८३ असार १२ , शुक्रबार 26, June 2026, Friday

बैंकहरुमा पैसा थुप्रियो, व्यवस्थापनमा राष्ट्र बैंकको ३० अर्ब खर्च !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार १२ गते शुक्रबार

तरलता व्यवस्थापनमा मात्र राष्ट्र बैंकको ३० अर्ब रुपैयाँ खर्च भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएपछि त्यसको व्यवस्थापनमा मात्र राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खर्च गरेको हो । यो रकम राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजबापत दिएको खर्च हो ।

बैंकमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले व्यवस्थापनका लागि बैंकहरुबाट तरलता तान्ने गर्छ । त्यसबापत राष्ट्र बैंकले निक्षेप राख्ने बैंक तथा वित्तीय संस्थालाई ब्याज तिर्नुपर्छ । चालु आर्थिक वर्षको हालसम्म राष्ट्र बैंकले त्यस्तो ब्याजबापत ३० अर्ब रुपैयाँ खर्च गरेको छ ।

हाल लगानी कमजोर बनेपछि बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिरहेको छ । यसरी तरलता व्यवस्थापनमै अर्बौं खर्च हुन थालेपछि त्यसको वैकल्पिक उपाय खोजिरहेको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार यस वर्ष राष्ट्र बैंकमा दैनिक ११ खर्बको तरलता थुप्रिने गरेको छ । यसका आधारमा पनि राष्ट्र बैंकले ब्याजबापत भुक्तानी गर्नुपर्ने रकम २८ देखि ३० अर्ब रुपैयाँ पुग्ने गर्छ ।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रबार