२०८३ असार ८ , सोमबार 22, June 2026, Monday

नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार ८ गते सोमबार

नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२–०८३ को ११ महिनामा नेपालले २१ खर्ब ७२ अर्ब ६ करोड ६१ लाख ३३ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । चालू आर्थिक वर्षको ११ महिनामा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख ७१ हजार रूपैयाँ बराबरको आयात गरेको छ ।

नेपालको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रूपैयाँ बराबरको आयात गरेको थियो । नेपालको निर्यात १२.२८ प्रतिशतले बढेको छ ।

यो अवधिमा नेपालले २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रूपैयाँ बराबर निर्यात भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा नेपालले २ खर्ब ४७ हजार ५७ करोड २ लाख १३ हजार रूपैयाँ बराबरको निर्यात गरेको थियो ।

नेपालको व्यापार घाटा १५.६७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख ७३ हजार रूपैयाँ रहेको नेपालको व्यापार घाटा चालू आर्थिक वर्षको ११ महिनामा १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख १० हजार रूपैयाँ बराबर रहेको छ ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार