राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको चिट बोकेर जान नपाइने भएको छ । भोटिङ प्रक्रियामा सामेल हुँदा कुनै पनि उम्मेदवारको नामको चिट समेत बोक्न नपाइने नियम बनाइएको हो ।
अनुशासन आयोगका नेताहरूका अनुसार कुनै पनि व्यक्तिले चिट बोकेर उम्मेदवारलाई भोट हाल्न गए त्यो व्यक्तिहरूको उम्मेदवारी खारेज हुने भएको छ । यस्तो व्यवस्था अनुशासन समितिले ल्याएको नेता गणेश पराजुलीले बताए ।
प्रकाशित मिति : २०८३ असार ७ गते आइतबार
सत्यपाटी