२०८३ असार ७ , आइतबार 21, June 2026, Sunday

रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरु पदमा कति ?

सत्यपाटीसत्यपाटी । चितवन । २०८३ असार ७ गते आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न पदमा उम्मेदवारीका लागि शुल्क निर्धारण गरेको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सभापतिदेखि अरू पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्म्दवारी दिन शुल्क निर्धारण गरेको हो ।

आयोगले सभापतिका लागि ५१ हजार शुल्क तोकेको छ । साथै एक जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर पनि बुझाउनुपर्नेछ । पार्टीका अन्य पदाधिकारीका लागि ४१ हजार रूपैयाँ शुल्क तोकिएको छ ।

एक जना प्रस्तावक र २१ जना समर्थकको हस्ताक्षर पनि बुझाउनुपर्नेछ । केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क तोकिएको छ भने एक जना प्रस्तावक र २१ जना समर्थकको पनि हस्ताक्षर बुझाउनुपर्नेछ ।

आइतबारदेखि चितवनमा रास्वपाको महाधिवेशन सुरू हुँदैछ । महाधिवेशनबाट १९ जना पदाधिकारी र १५८ केन्द्रीय सदस्य चयन हुनेछन् । आइतबार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन सत्र हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतबार