२०८३ असार १ , सोमबार 15, June 2026, Monday

कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड ५८ लाख (पूर्णपाठ)

सत्यपाटीसत्यपाटी । कोसी । २०८३ असार १ गते सोमबार

कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ । सोमबार आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी हो ।

सरकारले कुल विनियोजनमध्ये पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ भने चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणका लागि पाँच अर्ब ५६ करोड ३६ लाख र वित्तीय व्यवस्थापनका लागि १५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेश सरकारले आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड र राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखेको छ । संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान नौ अर्ब १२ करोड, सशर्त अनुदान पाँच अर्ब ९५ करोड, समपूरक अनुदान ६४ करोड र विशेष अनुदान ५५ करोड रुपैयाँलाई आयको आधार बनाइएको छ ।

यसबाहेक रोयल्टीबाट ४१ करोड, सोझै भुक्तानीबाट २० करोड र बाँकी पाँच अर्ब रुपैयाँ चालु आर्थिक वर्षको नगद मौज्दातबाट बेहोरिने मन्त्री लिङ्थेपले जानकारी दिए । सरकारले उत्पादन र भौतिक पूर्वाधारलाई केन्द्रमा राखेर बजेट विनियोजन गरेको देखिन्छ ।

बजेटको पूर्णपाठ :

प्रकाशित मिति : २०८३ असार १ गते सोमबार