२०८३ जेठ १८ , सोमबार 1, June 2026, Monday

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्यो, नेपालमा यथावत्

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ १८ गते सोमबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको बताएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमको भनाइ छ ।

निगमले पेट्रोलको पहिलो वर्गको मूल्य २१४.५० र दोस्रो वर्गको मूल्य २१६ र तेस्रो वर्गको मूल्य २१७ रहेको बताएको छ । यस्तै, डिजेल तथा मट्टितेलको पहिलो वर्गको २२२.५० रुपैयाँ र दोस्रो वर्गको २२४ र तेस्रो वर्गको २२५ रहेको बताएको छ ।

हवाई इन्धनको आन्तरिकतर्फ २६९ रुपैयाँ रहेको जनाएको छ । एलपी ग्यासको १४.२ केजीको मूल्य २१६० रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार