राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आउँदो बाटो तय गर्ने निश्चय गरेको बताएका छन् ।
राणाले भनेका छन्, ‘शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरूको रायसल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु । समयको पदचाप र जनभावना अनुरूप अघि बढ्न देशविदेशमा रहनुहुने नेपालीहरूको सुझाव र शुभेच्छाहरू प्राप्त भएको छ ।’
देशलाई माया गर्ने, समृद्धि चाहने लगायत नवयुवापुस्तालाई नयाँ अभियानमा सहभागी हुन उनले आह्वान गरेका छन् । राप्रपालाई विगत चार वर्ष जनभावना अनुकूल अघि बढाउने प्रयास गर्दा विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँडाउने क्रमले पार्टी जनताबाट दण्डित भएको उनले उल्लेख गरेका छन् ।
सत्यपाटी