सरकारले आर्थिक वर्ष २०८२–०८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सो प्रतिवेदन प्रस्तुत गरेका हुन् । वाग्लेले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतले वृद्धि हुने बताए ।
आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ । अर्थमन्त्री वाग्लेका अनुसार अर्थतन्त्रमा प्रदेश अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको रहेको छ । जसले ३६.७ प्रतिशत हिस्सा ओगटेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत रहेको अर्थमन्त्रीले उल्लेख गरे ।
नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा अधिक रहने देखिएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने देखिएको छ । यस अवधिमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ५१३, प्रतिव्यक्ति राष्ट्रिय आय एक हजार ५३५ पुगेको छ । त्यस्तै, खर्चयोग्य आय दुई हजार ५५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
आर्थिक सर्वेक्षण २०८२–०८३ को प्रतिवेदनको पूर्णपाठ
सत्यपाटी