२०८३ जेठ ६ , बुधबार 20, May 2026, Wednesday

बिदामा बसिन् सपना, कुमारको बरिष्ठतम् पद हटाइयो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ ६ गते बुधबार

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको नियुक्तिसँग वरिष्ठत न्यायाधीश सपना मल्ल प्रधान लामो बिदामा बसेकी छिन् । न्यायाधीश प्रधानले आफैले बिदा स्वीकृत गरेर बुधबारदेखि २० बिदामा बसेकी हुन् ।

यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठत न्यायाधीश मल्लले चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेपछि उनी असन्तुष्ट भएकी थिइन् । शर्माको शपथ ग्रहण समारोहमा मल्ल सहभागी पनि भएकी थिइनन् ।

यता सर्वोच्च अदालतमा डा.मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै न्यायाधीश कुमार रेग्मीको बरिष्ठतम् पद हटेको छ । न्याय परिषद् सदस्य रहेका रेग्मीको सदस्यता समेत खोसिएको छ ।

यसअघि कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान न्याय परिषद् सदस्यमा वरिष्ठतम न्यायाधीशमा रेग्मी थिए । मङ्गलवारदेखि कामु प्रधानन्यायाधीशबाट हटेर प्रधान बरिष्ठतम् न्यायाधीश बनेकी छिन् ।

कामु प्रधानन्यायाधीश हटेपछि सर्वोच्च प्रशासनले न्यायाधीश प्रधानलाई एनेक्स भवनको तेस्रो तलामा च्याम्बर रहने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार