सन् २०२६ को अप्रिल महिनामा एक लाख सात हजार ९३४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक नेपालमा भित्रिएका थिए ।
पश्चिम एसियामा जारी द्वन्द्वका कारण यस वर्ष पर्यटक आगमनमा कमी आएको हो । बोर्डका अनुसार दक्षिण एसिया (सार्क) क्षेत्रबाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन् । नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतबाट १५ हजार १९६ र दोस्रोमा चीनबाट ११ हजार ७२२ पर्यटक रहेका छन् ।
प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार
सत्यपाटी